news


पूर्वी चीनका ८ वर्षका एक बालक रातारात इन्टरनेटमा स्टार बनेका छन् । र, यसको कारण पनि अनौठो छ । बालकको नाम फू श्या किन हो र, उनको अनुहार ज्याक मासँग मिल्छ । ज्याक त्यही व्यक्ति हुन्, जसलदे ई-कमर्स कम्पनी अलिबाबा स्थापना गरे र चीनका अर्बपति हुन् । चीनको समाजिक सञ्जालमा यो पनि हल्ला चलेको छ कि ज्याककी आमाले फू श्या किनको अध्ययनको जिम्मा लिएकी छन् ।


यसबारे अलिबाबा कम्पनीले भनेका कि यो सबै खबरलाई जोकका रुपमा लिनुपर्छ । … एक बच्चाको शिक्षाका लागि पैसा खर्च गर्न सजिलो छ । तर, लाखौं गरीब बच्चाका लागि सहयोग गर्न निकै स्रोत साधन चाहिन्छ ।’ किनको परिवार जियांग्शी प्रान्तमा बस्छन् र आर्थिक अवस्था कमजोर छ । किनका बुबा फू जियाफाको एउटा खुट्टामा समस्या छ र सरकारबाट पाउने सहयोगमा निर्भर छन् ।


उनकी आमा पोलियोबाट ग्रस्त छिन् । ज्याक मा जस्तै देखिएका कारण चर्चामा आएपछि उनलाई फिल्म र विज्ञापन खेल्ने अफरहरु आएका छन् । उनका बुबाले भनेका छन्, यो राम्रो कुरा हो कि मेरो छोरा ज्याक मा जस्तै देखिन्छन् । तर, म चाहन्नँ कि मेरो छोरा अहिले नै फिल्ममा काम गरोस् र पैसा कमाओस् । शिक्षा नै मुख्य हो ।
SHARE

About admin

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment